तीन दाजु भाई मिलेर लिए बहिनीकी प्रेमिकाको ज्यान

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : ४१


रौतहट । रौतहटमा प्रेमिका भेटन गएका एक युवकको घाँटी थिचेर हत्या गरिएको छ। 

जिल्लाको इशनाथ नगरपालिका वाड नं ८ बस्ने २० बर्षिय छात्र मोहम्मद एहतेशामुल हकको प्रेमिका भेटन गएकै ठाउँमा प्रमिकाका दाजुभाइले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहले आईतबार पत्रकार सम्मेलन गदै उक्त जानकारी दिएको थियो। पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रबीराज खड्काले गत माघ १५ गते राति भिनाजुको भारतीय नम्वरको मोटरसाइकल लिएर राजपुर नपाको अकोलवामा प्रेमिका भेट्न गएका युवक हकलाई प्रेमिकाको तिन जना दाईले घाँटी थिचेर हत्या गरेको बताउनुभयो।

हत्यापछि अभियुक्तहरुले स्थानीय भकुवा खोलामा फालेको शव गत २० गते स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेर अनुसन्धान गर्दा प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरी उपरिक्षक खडकाले जानकारी दिनुभयो। 

माघ १५ गते राति ११ बजेको समयमा बाँसको घारीमा युवक हक र उनको प्रेमिका बसेर कुरा गरिहेको अवस्थामा हैदर अली, असगर अली, असरफ अलीले युवक हकलाई बाँधेर भकुवा किनारमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको उपरिक्षक खड्काले बताउनुभयो। अनुसन्धानकै क्रममा हैदर र असगरलाई नियन्त्रणमा लिएको तथा असरफ अझै फरार रहेका छन्। आजको राजधानी दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्