आज सोमबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ४७


आजको पञ्चाङ्ग
मिति २०७६ साल माघ २७ गते सोमबार, इस २०२० फेब्रुवरी १०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेसं ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। प्रतिपदा, ११ः३० उप्रान्त द्वितीया।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शिक्षा तथा शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ। अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ। आकस्मिक धन तथा सम्पति लाभ हुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढिनै मिहिनेत गर्नुपर्नेछ। आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ। 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाईहरु सँगको सम्बन्धमा नयाँ पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ। 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ। अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ। 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवारका सदस्यहरुसँग बिवाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुदा मन खिन्न हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बैक तथा बित्तिय सस्थामा गरिएको लगानी बाट सन्तोषजनक नाँफा हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदी,बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ। 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाइने  हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन्।


प्रतिक्रिया दिनुहोस्