हुरीले उडाएपछि ८० मिनेट अगाडि नै पुग्यो विमान, बनायो नयाँ रेकर्ड

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : १७


लण्डन । अमेरिकाको न्युयोर्कबाट लण्डनका लागि उडेको एउटा विमान निर्धारित समय भन्दा अगाडिनै पुगेर नयाँ रेकर्ड कायम गरेको छ। 

बीबीसीका अनुसार बोइंग 747-436 नामको ब्रिटिस एयरवेजको जेट विमान निर्धारित समय भन्दा ८० मिनेट अगाडि पुगेको हो।

न्ययुोर्कबाट लण्डन आउन औसतमा ६ घण्टा १३ मिनेटको समय लाग्ने बताइएको छ। तर,हुरीले उडेर विमान ४ घण्टा ५६ मिनेटमनै आइपुगेको हो। 

यसअघि सन् २०१८ को जनवरीमा नर्वेजियन विमान ५ घण्टा १३ सेकेण्डमा पुगेर रेकर्ड बनाएको थियो । बिट्रिश एयरवेजको जेट विमानले आज उक्त रेकर्डलाई समेत उछिनेको हो। 


प्रतिक्रिया दिनुहोस्