काठमाडौं । गायक रञ्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ ।
गीतमा कबिन्द्र तामाङको शब्द, एनबि थापाको संगीत रहेको छ । आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रञ्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन् ।
‘डाँडापारी’बोलको गीतबाट उनलाई साङ्गीतिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’, आउन माया आउ, मुसुक्क नेमा, हुलाकी दाइ, हुक्का, न्हुल भे माफ गर, मार्फाको स्याउ, हलक्क मैच्याङ, बुट्टे रुमाल, टुना मुनाले’ लगायतका थुप्रै गीत सर्वाधिक चर्चामा छन् ।
भिडियो हेर्नुहोस्