काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइसका कारण अहिलेसम्म ८१३ जनाले ज्यान गुमाएका छन्।
शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन्।
अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ। रिर्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन्।
कोरोनाको त्रासमा त्यहाँका मानिसहरु बाहिर निस्किन पनि डराइरहेका छन्। बाहिर निस्किएका केही यात्रुले यात्राका क्रममा विभिन्न जुकित समेत निकालेका दृष्य भाइरल बनेका छन्। कसैले प्लास्टिकको ब्याग ओडेका छन् कसैले जारको हेलमेड लाएको देख्न सकन्छि।
हेर्नुहोस् केही तस्वीर
A Chinese young man is wearing a plastic bag as a protective suit in China as makeshift measures to keep from #coronavirus pic.twitter.com/vYAHHcWkam
— Caesar Chadwick (@realCaesarChad) February 8, 2020