कोरोनाको उपचारमा रातदिन खटिएका नर्सले गराए सामूहिक रुपमा कपाल मुण्डन (भिडियो)

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  २ : २३


काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइसका कारण अहिलेसम्म ८१३ जनाले ज्यान गुमाएका छन्।   

शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन्।  

अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ। रिर्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन्। 

तिब्र रुपमा फैलिएको कोरोना भाइरसको उपचारका डाक्टर तथा नर्सले रातदिन विरामीको सेवा गरिरहेका छन्। आफ्नो स्वास्थ्य खाल नगरी विरामीको सेवामा खटिएका डाक्टर तथा नर्सका दर्दनाक दृष्य सार्वजनिक भइरहेका छन्। केही दिनअघि सास्क खोल्दा डाक्टर तथा नर्सको अनुहारमा घाउ भएको दृष्य बाहिरीएको थियो। 

यसै क्रममा डाक्टर तथा नर्सले आफ्नो कामलाई सहज बनाउन आफ्नो कपालनै मुण्डन गराएको भिडियो तथा फोटोहरु सार्वजनिक भएका छन्। चाइना सिन्हा न्यूजका अनुसार २६५ डाक्टर तथा नर्सले आफ्नो कपाल काटेका छन्। 

यसै क्रममा केही नर्सले आफ्नो कपाल मुण्डन गराइसकेको भिडियो पनि सार्वजनिक भएको छ। 


प्रतिक्रिया दिनुहोस्