इजरायल जाने टोलीलाई शैलुङ समाज रामेछापद्वारा बिदाइ

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ३६


काठमाडौं । शैलुङ समाज सेवा रामेछापले इजरायल भ्रमणमा जान थालेको टोलीलाई बिदाइ गरेको छ ।

२०६९ सालमा रामेछापको पर्यटन क्षेत्र र समग्र आर्थिक, सामाजिक, विकास निर्माणका क्षेत्रमा टेवा पुराउने उद्देश्यले स्थापित शैलुङ सेवा समाजले शनिबार राजधानीको बुद्धनगरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष कमलप्रसाद चौलागाईंको नेतृत्वमा उक्त भ्रमण तय गरिएको हो । इजराइल भ्रमणका लागि बिदाइ र बधाई कार्यक्रम संस्थाका उपाध्यक्ष पुष्करराज प्रसाईंको अध्यक्षता तथा वनमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन समिता केसीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री बस्नेतले इजरायलको अध्ययन भ्रमणबाट सिकेका अनुभवलाई नेपालको विकास पूर्वाधारका क्षेत्रमा लगाउन सकियोस् र देशलाई टेवा दिन सकोस भन्ने शुभकामना दिनुभयो ।

इजरायलको हेल्पिङ ह्याण्ड कोलियसन संस्थाको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सहकारी विभाग सहसंयोजक समेत रहनुभएका चौलागाईंको नेतृत्वमा देशभरबाट छनोट भएका २० जनाको टोली यही माघ २७ गते प्रस्थान गर्दैछ ।


 


प्रतिक्रिया दिनुहोस्