काठमाडौं । नेपालको इन्टरनेट सेवा अन्तर्राष्ट्रिय स्तरमै निकै महँगो देखिएको एक अनुसन्धानले देखाएको छ।
एक अध्ययन अनुसार विश्वका १३६ देशहरुको अध्ययन गर्दा नेपालमा निकै महँगो इन्टरनेट सेवा भएको देशमा परेको हो।
द एलियन्स अफ अफोर्डेबल इन्टरनेट ‘एफोरएआइ’का अनुसार नेपाल र अफ्रिकी मुलुकका नागरिकहरुले निकै महँगो इन्टरनेट चलाइरहेको तथ्य फेला परेको छ।
एफोरआइले विश्वका १ सय ३६ मध्यम तथा न्युन आय भएका मुलुकमा अध्ययन गरेर नयाँ प्रतिवेदन सार्वजनिक गरेको सीएनएनले जनाएको छ।
एफोरएआइका अनुसार मलेसिया, कोलम्बिया, भारत, जमाइका, दक्षिण अफ्रिका, घानाजस्ता मध्यम आय भएका र न्युन आय भएका नेपाल, माली, हाइटी, लाइबेरिया, यमन र मोजाम्बिकका नागरिकहरुले महँगो इन्टरनेट प्रयोग गरिरहेका छन्।
उपभोक्ताले उचित मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउनुपर्छ भनेर वकालत गर्ने विश्वव्यापी संस्था एफोरएआइले यस्तो अध्ययन गरेको हो । एफोरएआईको यस्तो अभियानमा गुगल र फेसबुक पनि समावेश छन्।
एफोरआइका अनुसार प्रतिमहिना १ जिबी डेटाको मूल्य एक नागरिकको महिनाको तलबको २ प्रतिशत मात्र हुनुपर्छ।
तर अनुसन्धानमा ती राष्ट्रका नागरिकले १ जिबी डेटाका लागि तलबको ७.१२ प्रतिशतसम्म खर्च गर्नुपरेको उल्लेख छ।
ती राष्ट्रका नागरिकका लागि उक्त इन्टरनेट निकै महँगो भएको बताइएको छ। प्रतिवेदनमा ती देशका इन्टरनेट सेवा प्रदान गर्ने निकायले मनलाग्दी इन्टरनेटको मूल्य तोकेको पनि उल्लेख गरिएको छ।