बैङ्कक । एक सैनिक जवानले अन्धाधुन्ध गोली चलाउँदै २७ जना सर्वसाधारणको हत्या गरेपछि थाइल्याण्डको कोरात शहर शोकमग्न बनेको छ।
घाइते रहेका ५७ जना मानिसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
शनिबार जकप्रन्त थोमा नाम गरेका ती सैनिक आफ्नो ब्यारेकबाट गाडी र हतियार लिएर सपिङ मल प्रवेश गरेका थिए।
जहाँ उनले आफ्नै कमान्डिङ अफिसर सहित सर्वसाधारणमाथि गोली चलाएर हत्या गरे।
आक्रमण गर्नुअघि उनले फेसबुकमा भिडियो लाइभ गरेका थिए। २७ जनाको ज्यान लिने ती सैनिकलाई सुरक्षाकर्मीले घेरा हाली गोली हानी मारेका छन् ।
सपिङ सेन्टरमा अन्धाधुन्ध गोली चलाएका ती सैनिक रातभर सोही सपिङ सेन्टरमा लुकेका थिए। उनलाई आइतबार बिहान मारिएको हो ।
थाइल्याण्डका प्रधानमन्त्री प्रुथ चान ओचाले आइतबार उक्त घटनामा मर्नेको सङ्ख्या २७ पुगेको जानकारी दिएका छन्।
नरसंहारको घटना बारे बोल्दै प्रधानमन्त्री ओचाले ती संदिग्ध सिपाही र उनका कमान्डर जग्गा दलाली धन्दामा संलग्न रहेको बताए।
उनीहरूको झगडा समेत भएको थियो। सम्झौतामा ठगिएको महसुस भएपछि उनले कमान्डरमाथि गोली चलाएको बताइएको छ।
सार्वजनिक भएका भिडियो फुटेजमा देख्न सकिन्छ ती सैनिक तालिमप्राप्त सुटर समेत थिए।
शपिङ मलमा आक्रमण गर्नु अघि उनी थाइ सेनाको सुटिङ रेन्जमा मुस्कुराउँदै सहभागि भएको फुटेज समेत सार्वजनिक भएको छ।
Update : Video of the shooter in Terminal 21 shopping mall in Nakhon Ratchasima .#Thailand #โคราชpic.twitter.com/A3HHj0yG98
— Shark NewsWires (@SharkNewsWires) February 8, 2020