चीनमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई निर्देशन

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : १९


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ।

संयुक्त राष्ट्रसंघले स्वास्थ्य संकटकाल घोषणा गरेपछि विश्वको धेरै देशहरुले आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लगेका छन्।

नेपालले त्यहाँ रहेका नेपालीकाई फिर्ता ल्याउने तयारी गरेपनि अहिलेसम्म फिर्ता ल्याएको छैन्। चीनको वुहान लगायतका क्षेत्रमा रहेका नेपाली तथा उनीहरुका आफन्ताले सरकारलाई उद्धार गर्न आग्रह गर्दै आएका छन्।

आइतबार आयोगले अहिलेसम्म भएका कामबारे जानकारी लिन शिक्षा र स्वास्थ्य सचिवसँग परामर्श समेत गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्