महिलालाई एकान्तमा बोलाएर सम्वेदनशील अंगहरु समाउने पक्राउ

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : १५


काठमाडौं । उपचारार्थ महिलामाथि यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–६ बिष्णुमती मा रहेको ‘हाम्रो फेलोसिप पुन: स्थापना केन्द्र’ का सुरक्षा गार्डलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का २५ वर्षीय विशाल भनिने रमेशप्रसाद वाग्लेले उपचारार्थ महिलामाथि यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । वाग्लेले विभिन्न बहानामा ती महिलालाई एकान्तमा बोलाउने, अश्लील हर्कत गर्ने, सम्वेदनशील अंगहरु समाउने लगायतका कार्यबाट दु:ख दिँदै आएकाे बताइएको छ ।

उनलाई नियन्त्रणमा लिइ करणी उद्योगको मुद्धामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्