काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लीग– २ मा नेपाल ओमानसँग दोस्रो पटक पराजित भएको छ ।
नेपालविरुद्ध ओमानले ८ विकेटको जीत निकालेको हो । त्रिवि मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो।
आजको खेलमा नेपालका भरपर्दा बलर सन्दीप लामिछाने निकै महगां सावित भए। सन्दीपले १० आभेर बलिङ गर्दा ६५ रन खर्चे। कुनै विकेट लिन सकेनन्।
नेपाल पहिलोे खेलमा पनि गत बुधबार ओमानसँग १८ रनले पराजित भएको थियो।
ओमानका लागि कप्तान जिसन मक्सुद र अकिब ईल्यासले बलियो साझेदारी गर्दै जित दिलाए।
यस्तै खवार अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन बनाए। नेपालका कुशल मल्ल र शुसन भारीले १–१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए।