सरकारी एम्बुलेन्सभित्र मरेको चित्तल भेटियाे, चालक नियन्त्रणमा

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : ११


काठमाडाैं । बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा चितल फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ । एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएपछि आइतबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले नियन्त्रणमा लिएको हो ।

डिलाशैनी गाउँपालिका बैतडीको नाममा रहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चेकजाँचका क्रममा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयाे ।

बिरामी पुर्‍याएर महेन्द्रनगरबाट फर्किने क्रममा गोकुलेश्वरमा चेकजाँच गर्दा एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएको राउनले थियाे । प्रहरीले चालक महेश बोहरालाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेकाे जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्