पाल्पा । पाल्पामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । तिनाउँ गाउँपालिका- ३ चौकीभञ्याङ्गका ३८ वर्षीय टङ्कबहादुर दर्लामीको आज बिहान घर नजिकैको सालको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँस काट्न रुख चढेका दर्लामीको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी दोभानका प्रमुख, प्रहरी नायब निरीक्षक बलबहादुर घर्ती मगरले जानकारी दिनुभयाे ।