विजय गच्छदारमाथि मुद्दा दायर गरेको विरोधमा काँग्रेसको प्रदर्शन

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ०७


काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै आइतबार विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर पार्टीका उपसभापति विजय कुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको हो।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गाना लगायतका भातृ सङ्गठनहरूका नेता कार्यकर्ताहरू प्रदर्शनमा सहभागि थिए।

प्रदर्शनमा 'दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो' 'नेपाल पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार' जस्ता नाराहरू लगाइएका थिए।

माउ पार्टी कांग्रेसले लगातार तेस्रो दिन संसद बैठक अवरुद्ध गरेको छ ।   


प्रतिक्रिया दिनुहोस्