ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३५ वर्षीय बिष्णु बहादुर तण्डुकारको टहरामा जुवातास खेलिरहेको अवस्थामा रौतहट घर भएका ४० वर्षीय मनोज साह रौनियार सहित १४ जनालाई नगद १ लाख २६ हजार ७ सय ७ रुपैयाँ र ६ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक कोशिशबाबु जोशीको नेतृत्वमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएकाे छ । ती जुवाडेहरुले हारजित हुने गरी दुई टोली बनाइ जुवातास खेलीरहेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।