चीनबाट एक्कासि कोरोना भाइरस फैलनु शङ्कास्पद : बिजुक्छे

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : १२


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चीनबाट एक्कासि कोरोना भाइरस फैलनु शङ्कास्पद भएको बताउनुभएको छ।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशङ्का व्यक्त गर्नुभएको हो।

अमेरिकाले विभिन्न देश सँग आफूले विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको स्मरण गराउँदै यसको पछाडि पनि अमेरिकाको हात रहेको हुन् सक्ने बताउनुभयो।

अध्यक्ष बिजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दे उपत्यका बाहिर राख्न सुझाव दिनुभएको छ।

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन्, काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ।’

अध्यक्ष बिजुक्छेले कोरोना भाइरस लागेका सङ्क्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको सङ्क्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने समेत उल्लेख गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्