काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं २ का अध्यक्ष प्रभु शाहले पनि बालुवाटार जग्गा प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद रहेको बताउनुभएको छ। आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उहाँले प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष हुने भन्दै अख्तियारमाथि प्रश्न गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ। प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ? यदि संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, तत्कालीन तीन सचिव, विशिष्ट श्रेणीका ६ उच्च पदस्थसहित १७५ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।