मस्को । चीनमा फैलिएको कोरोना भाइरस सङ्क्रमण बारे अहिले विश्वभर अनेक चर्चा भइरहेको छ।
सञ्चारमाध्यममा कोरोनाबारे अनेक भ्रमपूर्ण जानकारी समेत आउने गरेको छ। रुसी मिडियाले कोरोना भाइरसबारे इन्टरनेटमा छरिएको भ्रमपूर्ण प्रचारमा अमेरिकाको हात रहेको बताएका छन्।
कोरोना भाइरसबारेका कथाहरू षड्यन्त्रमुलकहरुमा ल्याइएको रुसी टेलिभिजन च्यानल वानले जनाएको छ।
भाइरसको त्रासपछि चीनबाट धेरै देशहरूले आफ्ना नागरिक फिर्ता लगेका छन्। सबैभन्दा पहिला अमेरिकाले आफ्ना नागरिकलाई चीनबाट स्वदेश लगेको थियो।
त्यसपछि अन्य देशले फिर्ता लगिरहेको छन्। चिनीयाँ नागरिकमाथि विभिन्न देशहरूले प्रतिबन्ध लगाउँदै गएका छन्।
भाइरसबारे अमेरिकाले त्रास फैलाइरहेको भन्दै यसअघि चीनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो।