नेपालले ओमानलाई दियाे २५० रनको लक्ष्य

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ३८


काठमाडौं । नेपालले ओमानलाई २५० रनको लक्ष दिएको छ । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा आज भएको खेलमा नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको हो । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए ।

यस्तै पूर्वकप्तान पारस खड्काले ३८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोस्रो ठूलो योगफल हो ।


प्रतिक्रिया दिनुहोस्