विवाह नै नगरी छोरीलाई जन्म दिइन अभिनेत्री कल्कीले

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ३०


काठमाडाैं । अभिनेत्री कल्की कोचलिन एक छोरीकी आमा बनेकी छिन् । शुक्रबार कल्कीले छोरीलाई जन्म दिएकी हुन् ।  अहिलेसम्म कल्की वा उनको परिवारले यसको पुष्टि भने गरेका छैनन् । कल्कीले बढिरहेको पेटसहितका फोटोहरु लगातार सामाजिक संजालमा शेयर गरिरहेकी थिइन् ।

कल्कीकार गायक हर्शबर्गसँगको प्रेम रहेकाे थियाे । उक्त कारणलेनै छोरीको पिता भने हर्शबर्गनै भएको बताइएको छ । कल्कीले गर्भवती भएपछि आफूहरुको सम्बन्धलाई कानुनी रुपमा बिहेको रुप दिने विषयमा हर्शबर्गसँग सल्लाह भइरहेको पनि बताएकी थिइन् ।

कल्कीले २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी थिइन् । यो सम्बन्ध करिब ४ वर्ष चल्यो र २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।


प्रतिक्रिया दिनुहोस्