हात्ती मार्न सरकारले दियो अनुमति, एउटा हात्तीको मूल्य ३१ लाख

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ४४


जंगली हात्तिको आतंकका बारेमा समाचार त सुन्दै आएका छौँ। हात्तिको आतंक बढेपछि एक देशको सरकारले नै हात्ति मार्नका लागि अनुमति दिएको छ। 

यतिमात्र हैन हात्तिको मूल्य पनि तोकिएको छ। उक्त रकम हात्ति मार्ने संस्था वा एजेन्सी मार्फत लिइने बताइएको छ। हात्ति मार्नका लागि आदेश दिने देशको नाम हो बोल्सवाना । यहाँको सरकारले ६० हात्ति मार्नका लागि ६ लाइसेन्स पनि दिएको छ। 

लाइसेन्समा लेखिएको छ, प्रत्येक हात्तिको मूल्य रहेको छ ३१ लाख । अर्थात हात्ति मारेको बदलामा ३१ लाख रुपैयाँ जम्मा गर्नु पर्नेछ। हात्ति मार्दा सरकारलाई १८ करोड ६० लाख रुपैयाँ फाइदा बताइएको छ।

बोत्सवानाका राष्ट्रपति मोकवित्सी मसिसीले हात्ति मार्नका लागि ५ वर्ष पुरानो आदेश फिर्ता लिएका छन्। किनकी बोत्सवानामा हात्तिको आतंक निकै बढेको छ। 

बोत्सवानामा सन् १९९० मा हात्तिको संख्या ८० हजार थियो। अहिले बढेर १ लाख ३० हजार पुगेको छ। हात्तिले लगातार मानव बस्तीमा पसेर क्षति पुर्याउँदै आएका छन्। कयौँ पटक मानिसको पनि ज्यान लिएका छन्। त्यसैले बोत्सवानाको सरकारले हात्ति मार्नका लागि आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

जुन एजेन्सीलाई हात्ति मार्नेको आदेश दिइएको छ, ती एजेन्सीले हात्ति मारेर ती हात्तिको अंग बेचेर पैसा कमाउने छन्। त्यसैले बोत्सवानाको सरकारले प्रत्येक हात्तिको मूल्य पनि तोकेको हो। जुन शिकारीले सरकारलाई उक्त पैसा दिदैनन्, उनीहरुले हात्ति मार्न पाउँदैनन्।


प्रतिक्रिया दिनुहोस्