लागूऔषधसहित एक जना पक्राउ

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ०९


झापा । मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाटबाट विभिन्न किसिमको लागूऔषधसहित एक जना पक्राउ परेको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले चेक जाँचको क्रममा दमक नगरपालिका-२ बस्ने २१ वर्षीय मुस्कान फुयाललाई फेनारागन ६० वटा, डाईजापाम ६० वटा र लुपिजेसिक ६० वटासहित पक्राउ गरिएको हो ।

पक्राउ परेका फुयालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्