सन् २०२० मा कुल १३ पूर्णिमा परेका छन्। जसमध्ये ९ फेब्रअरी अर्थात आजको पूर्णिमा निकै महत्वपूर्ण छ। आज हिन्दू धर्म अनुसार श्रीस्वस्थानी ब्रतको समापन छ। जस कारण आजको पूर्णिमाको महत्व रहेछ।
हिन्दू शास्त्रमा मात्रै नभई खगोल शास्त्रमा पनि आजको पूर्णिमाको खास महत्व रहेको छ। आज आकासमा सन् २०२० को पहिलो सुपर मुन देखिदैछ। सुपर मुनका समयमा चन्द्रमा पहिले भन्दा धेरै ठूलो र चम्किलो देखिने छ। पश्चिमी देशका वैज्ञानिकले यसलाई स्नो मून को नाम दिएका छन्। आउनुहोस् तपाईलाई यस सुपर मुनसँग जोडिएका केही महत्वपूर्ण जानकारी गराउदैछौँ।
चन्द्रमाको पृथ्वीसँग सामान्य दूरी ४ लाख ६ हजार ६९२ किलोमिटर रहेको छ। जसलाई अपोजी भन्ने गरिन्छ। पृथ्वीसँग यसको न्यूनतम दूरी ३ लाख ५६ हजार ५ सय रहेको छ। जसलाई पेरिजी भन्ने गरिन्छ। जुन समयमा चन्द्रमा र पृथ्वी बीचको दूरी सबैभन्दा कम हुन्छ, त्यही दिन आँकासमा सुपरमुन देखिन्छ।
सुपर मुनको समयमा चन्द्रमा सामान्य आकारभन्दा धेरै ठूलो र चम्किलो देखिन्छ। यस दिन चन्द्रमा आकारमा करिब १४ प्रतिशत ठूलो देखिने गरिन्छ र यसको चमक करिब ३० प्रतिशत धेरै हुने गर्दछ।
नासाका अनुसार सुपरमुनको पहिलो अस्तित्व पहिलो पटक सन् १९७९ मा भेटिएको थियो। एक्ट्रोनोमर्सले यसको नाम पेरीजीन फूल मून राखेको छ।
९ फेब्रअरीपछि सन् २०२० मा अन्य सुपर मुन मार्च, अप्रिल र मे महिनामा पनि देखिने छ। त्यसपछि पूरै वर्ष आकासमा सुपर मुन देख्न सकिने छैन्।
नासाका वैज्ञानिकका अनुसार शुक्रबार बेलुकीदेखि सोमबार बेलुकीसम्म आकासमा पूरा चन्द्रमा देखिने छ। यसै बीचमा आइतबार राति अबेर सुपरमुन देख्न सकिने छ। आज राति करिब १ बजेर ३ मिनेटमा आकासमा सुपरमुन देख्न सकिने नासाले जनाएको छ। नेपालमा बेलुकी सुपर मुन देख्न सकिने भएपनि त्यसको निश्चित समय बताइएको छैन्।
हाल केही खगोलविद्ले यसलाई सुपरमुन मान्नबाट अस्वीकार गरेका छन्। उनीहरुले आज देखिने फूल चन्द्रमा भएको र त्यसलाई सुपरमुन बन्न नमिल्ने बताएका छन्। यस सुपरमुनलाई नासासहित केही वेबसाइटले लाइभ देखाउँदै छन्। तपाईले अनलाइनबाट पनि सुपरमुन हेर्न सक्नुहुनेछ।