काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइसका कारण अहिलेसम्म ८११ जनाले ज्यान गुमाएका छन्।
शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ।
रिर्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन्। उक्त भाइरसका कारण चिनियाँ बाहेक फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्यान गइसकेको छ।
कोरोना भाइरसको संक्रमणको प्रभाव महिलामा भन्दा बढी पुरुषमा देखिएको डाक्टरले दाबी गरेका छन्। चीनको जिन्यिन्तान अस्पतालका डाक्टर ली झाङले कोरोना भाइरसले महिलालाई कम नोक्सान पुर्याउने र पुरुषलाई बढी नोक्सान पुर्याउने बताए। यसको कारण बताउँदै उनले भनेका छन्, किनकी महिलामा एक्स क्रोमोजोम र सेक्स हर्मोनका कारण प्रतिरोध क्षमता धेरै हुने गर्दछ।
चीनको वुहान शहरबाट यस भाइरस फैलिएको थियो। त्यसपछि एक अध्ययनले यो भाइरसले महिलाको तुलनामा पुरुषमा बढी असर पुर्याइरहेको बताइएको छ। यसबाट संक्रमित मध्ये ९९ प्रतिशत पुरुष रहेको रिर्पोटमा उल्लेख छ।