कोरोना भाइरसबाट पीडित श्रीमानलाई बचाउन बालकोनीबाट महिलाको विलौना (भिडियो)

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : १४


काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइसका कारण अहिलेसम्म ८११ जनाले ज्यान गुमाएका छन्।

शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ। रिर्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन्।

तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीनका मुख्य सडक तथा बजारहरु सुनसान देखिएका छन्। यसैक्रममा चिनियाँ एक महिलाको भिडियो भाइरस बनेको छ। उक्त भिडियोमा ती महिलाले घरको बालकोनीमा बसेर आफ्ना श्रीमानलाई बचाउन सहयोग मागिरहेकी छिन्। 

उनले आफ्ना श्रीमान मृत्युको मुखसम्म पुगेको र आफूले केही पनि गर्न नसकेको भन्दै बालकोनीमा बसेर सहयोगको याचना गर्दै रोइरहेको भिडियोमा देख्न सकिन्छ। 

हेर्नुहोस् उक्त भिडियो


प्रतिक्रिया दिनुहोस्