कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८११ पुग्यो, एकै दिन साढे २ हजार नयाँ संक्रमित

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  २ : ४८


काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइसका कारण अहिलेसम्म ८११ जनाले ज्यान गुमाएका छन्।

शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ। रिर्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन्।

उक्त भाइरसका कारण चिनियाँ बाहेक फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्यान गइसकेको छ। चीनमै पनि शुक्रबार र शनिबार एक अमेरिकी र एक जापानीज नागरिकको ज्यान गएको छ।

चीन बाहिर ४० देशमा कोरोना भाइरसको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा ४ सय बढी संक्रमित भएको समाचारमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्