नयाँ दिल्ली । शनिबार भारतको पञ्जाब स्थित तरण तारान जिल्लामा धार्मिक समारोहमा बम विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
धार्मिक जुलुसको बेला पटाखा विष्फोट हुँदा १२ जनाको मृत्यु र सयौं घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विस्फोटमा परि धेरै जना गम्भीर घाइते भएका छन ।
पञ्जाब प्रहरीका अनुसार कीर्तनका लागि पटाखाहरु ट्रयाक्टरमा लगिएको थियो। उक्त ट्रयाक्टरमा दुर्घटना भइ आगो लाग्दा पटाखाहरु विस्फोट भएको हो।
विस्फोटमा मर्नेहरु १७/१८ बर्ष उमेर समुहका केटाकेटी रहेको बताइएको छ। उनीहरु जुलुसमा पटाखा पड्काउँदै ट्रयाक्टरको नजिकै हिँडिरहेका थिए।