के यसै वर्ष विवाह गर्दै छन् बलिउड अभिनेता वरुण धवन ?

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १ : ४९


एजेन्सी । बलिउड अभिनेता वरुण धवन आफ्नो फिल्म, फिटनेस र डान्सका साथसाथ विवाहको खबरले चर्चामा रहेका रहन्छन्। हरेक वर्ष वरुण धवनको विवाह उनकी प्रेमिका नताशा दलालका साथ विवाहको खबर सार्वजनिक भइरहेका हुन्छन्। 

यसै क्रममा फेरि वरुण र नताशाको विवाहको खबर भाइरल बनिरहेको छ। वरुणले यसै वर्ष नताशासँग विवाह गर्ने र विवाहको खबरले वरुणका फ्यान निकै उत्साहित बनेको समाचारमा बताइएको छ। यो जोडीले थाइल्याण्डमा विवाह गर्ने पनि समाचारमा उल्लेख छ। तर यो विवाहको खबर अपवाह मात्रै भएको बुझिएको छ। 

केही समय अघि स्ट्रिड डान्सर ३ को प्रमोशनका क्रममा वरुणले विवाहको खबर हल्ला मात्रै भएको बताएका थिए। उनले विवाहको गलत समाचार मिडियाले नै फैलाएको पनि आरोप लगाएको भारतीय मिडिया अमर उजालाले जनाएको छ। 

केही समय अघि पनि वरुणको विवाहको खबर बाहिरीएपछि उनले उक्त खबर एक अपवाह मात्रै भएको प्रष्ट पारेका थिए। 


प्रतिक्रिया दिनुहोस्