तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नै छोरालाई मन्त्री बनाएपछि…

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १ : ३०


अस्गाबाट । ग्यासको धनी राष्ट्र तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । 

राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माण मन्त्रीको रुपमा नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित संचार माध्यमले शनिबार दिएको जानकारी अनुसार देशको धेरै रकमका परियोजनाहरुलाई हेर्ने गरी उहाँले छोरालाई मन्त्री बनाउनु भएको हो । 

राज्यले प्रकाशन गर्ने गरेको पत्रिका नेचुरल तुर्कमेनिस्तानले ३८ बर्षिय छोरा सेर्डर बेर्डीमुखामेडोभलाई मन्त्रीका रुपमा नियुक्त गरिएको सम्बन्धी पत्र पनि प्रकाशित गरेको छ ।

उद्योग तथा निर्माण मन्त्रीले हवाई, स्थल र जल यातायातसँगै सञ्चार लगायतको क्षेत्र पनि हेर्ने जनाइएको छ ।  

राष्ट्रपति पुत्र बेर्डीमुखामेडेभलाई राष्ट्रपतिले आफ्को शसक्त उत्तराधिकारीको रुपमा तयार पार्दै लैजानु भएको छ । उहाँले तुर्कमेनिस्तानमा विपक्षी, स्वतन्त्र संवैधानिक निकाय र प्रेस स्वतन्त्रता नभएकोे राजनीतिक प्रणाली चलाउनु भएको छ  ।


प्रतिक्रिया दिनुहोस्