काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषि उम्कन नहुने बताउनुभएको छ।
रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने अपराधीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो।
अदालतले निर्दोषलाई सफाई र कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने विश्वास आफुले लिएको थपाले बताउनुभयो।
उहाँले अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गर्नुभएको छ। उहाँले एनसेल काण्ड, वाईडबडी जहाज काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका विषयमा पनि अनुसन्धान गर्न अख्तियारलाई आग्रह गर्नुभयो।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा भने थापाले योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी विवाद खडा गर्ने र जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गर्नुभयो।
एमसीसीमा भएका सामान्य त्रुटीहरु हटाएर सहायता लिनुपर्ने उहाँले बताउनुभयो।