कजाकस्तान भिडन्तमा आठ जनाको मृत्यु

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : ०६


नुरसुल्तान । मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठ जनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् । 

कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताउनुभयो । उक्त भिडन्त स्थानीय गाउँलेहरुबीच भएको थियो ।

उक्त द्वन्द्व मुख्य रुपमा कजाख समुदाय र अल्पसंख्यक डुन्गानबीच भएको थियो ।

स्थानीय युवा हातहातमा लाठी र अरु घरेलु हतियार लिएर एकअर्का विरुद्ध उत्रिएको सामाजिक सञ्जालमा तस्वीरहरु राखिएका छन् ।

उक्त घटना हुनुको मुख्य कारणबारे भने स्पष्ट हुन सकेको छैन । 

कजाकस्तानमा एक सयभन्दा बढी जातजाति रहेका छन्।


प्रतिक्रिया दिनुहोस्