भाले गैँडाले आक्रमण गर्दा पाँच महिनाको पोथी गैँडा मर्यो

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ५८


चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ। 

निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो। मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिनुभयो।

भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उहाँले बताउनुभयो । चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्