बर्दिबास । नेपालको एकमात्र कम्युनिष्ट कम्युन 'आधारशिला'आजबाट १७ औं बर्षमा प्रवेश गरेको छ।
१७ औं वर्षगाँठको अवसरमा महोत्तरीको बर्दिबासमा बार्षिक उत्सव समारोह आयोजना गरिएको छ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, कलाकारहरु रामेश रायन, जेबी टुहुरे लगायत उपस्थित हुनुहुन्छ।
कलाकारहरूको भव्य प्रस्तुती सहित कार्यक्रम सुरु भएको छ। आधारशिलाको कार्यक्रम हेर्न देशैभरिबाट नेता कार्यकर्ताहरू पुगेका छ्न।
कार्यक्रममा प्रमुख अतिथि नेकपा वरिष्ट नेता खनालले 'प्रस्थान' वैचारिक सङ्ग्रह विमोचन गर्नुभयो।
सत्तारुढ दल नेकपाका नेता एवं शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेल संस्थापक रहेको 'आधारशिला' आजबाट १७ औं बर्षमा प्रवेश गरेको हो।
समाजवादको सांस्कृतिक र सामाजिक अभ्यास गर्ने उद्देश्यले स्थापना गरिएको 'आधारशिला' एक कम्युन, सामूहिक बसाइ सहितको संयुक्त परिवार हो।
१५ परिवारका ३६ सदस्यबाट सुरु भएको सामूहिक परिवार अहिले पनि एकढिक्का भएर अगाडि बढिराखेको छ।
सादगी जीवनशैलीका नेता पोखरेलले वैचारिक र भावनात्मक नेतृत्व गरिरहनु भएको छ।