चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण त्यहाँ संकट पैला भएको छ। कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ सय २४ पुगेको छ भने साढे ३४ हजार बढीमा यसको संक्रमण भएको पुष्टी भएको छ।
यसै क्रममा एक व्यक्तिलाई १५ सेकेण्डमै कोरोना भाइरसको संक्रमण भएको समाचार बाहिरीएको छ। एक व्यक्ति बजारमा कोरोना भाइरसको संक्रमण भएकी महिलासँग १५ सेकेण्डसँगै उभिएका थिए। त्यति थोरै समयमै उनीमा पनि संक्रमणको भाइरस भएको समाचारमा उल्लेख छ।
कोरोना भाइरसबाट संक्रमितको पहिचान व्यक्ति नम्बर ५ बताइएको छ। ती व्यक्ति शुआंगडोंगफेंग बजारमा व्यक्ति नम्बर २ को नजिक उभिएका थिए।
जिआंगबेईका स्वास्थ्य अधिकारीका अनुसार ती व्यक्तिले आफूलाई संक्रमितबाट बचाउन मास्क लगाएका थिए। चीनको तटिय शहर निंगबोमा बस्ने ती व्यक्तिको अहिले उपचार भइरहेको समाचारमा जनाइएको छ।