सिन्धुपाल्चोक । अज्ञात समूहले गएराति सिन्धुपाल्चोक एक प्रहरी चौकीमा आक्रमण गरेको छ।
सिन्धुपाल्चोकको तिपेनीस्थित एक प्रहरी चौकीमा भएको आक्रमणबाट प्रहरी चौकीका प्रमुख तथा इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मध्यराति १ः३० बजेतिर १०/१२ वटा मोटरसाइकलमा आएको समूहले एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेको थियो।
प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो।
आक्रमणमा संलग्गन रहेको आशंकामा प्रहरीले एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।