बुहारीको ज्यान लिएको आरोपमा जेठाजु पक्राउ

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  २ : १६


ताप्लेजङ । ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा शुक्रबार साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूले ३५ वर्षीया बुहारी शुकमायको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले  पूर्णकुमारलाई पक्राउ गरेको छ। 

पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

पूर्णकुमारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँल जानकारी दिनुभयो। 


प्रतिक्रिया दिनुहोस्