टिप्परको ठक्करबाट एक युवकको ज्यान गयो

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १ : ००


वुटवल । रुपन्देहीको सैनामैना २ कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

दुर्घटनामा रोल्पा नगरपालिका ३ खुमले घर भएका २५ वर्षिय तारा प्रसाद केसीको ज्यान गएको हो।

शुक्रबार पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु २६ प ८१८० न मोटरसाइकलले सोही दिशा तर्फ नै जादै गरेको लु २ ख ३७९८ नं को टिप्परलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल अनियन्त्रीत भइ टिप्परमुनि परेको थियो।

दुर्घटनामा घाइते चालकलाई उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाएकोमा अस्पतालमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार अपहन ४ः २० बजे दुर्घटना भएको हो । चालक र टिपर इलाका प्रहरी कार्यलय मुर्गियाको नियन्त्रणमा छन ।


प्रतिक्रिया दिनुहोस्