संसद सचिवालयमा टाँसियो गच्छदार स्वतः निलम्बन भएको सूचना

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : ४२


काठमाडौं । संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार स्वतः निलम्बनमा परेको सूचना टाँस गरेको छ।

संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीद्वारा हस्ताक्षरित सूचनामा अख्तियारले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको पत्र पठाएकाले गच्छदार स्वतः निलम्बनमा परेको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्रै गच्छदारसहित १७५ जनालाई ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा गैह्रकानूनी तरिकाले व्यक्ति तथा संस्था विशेषको कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

हेर्नुहोस् सूचना


प्रतिक्रिया दिनुहोस्