वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।
ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो। कासिम अल–रिमी अरबी प्रायद्वीपमा आतंकवादी संगठनको नेता हुन्।
“राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विरोधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अल कायदाका नेता कासिम अल–रिमीलाई सफलतापूर्वक पराजित गरेको छ।”
विज्ञप्तिमा भनिएको छ। उनी अल–कायकाको अन्तर्राष्ट्रिय संगठनका सहायक नेता थिए।
अमेरिकी अधिकारीको दाबी अनुसार रिमीले यमनमा आम नागरिकहरू विरुद्ध अपराध गरेका थिए र संयुक्त राज्य अमेरिकाका सेनाहरूमाथि कैयौँ आक्रमण गरेका थिए।
“रिमीको नेतृत्वमा अल कायदाको अरबी समूहले यमनमा नागरिकहरूमाथि जघन्य हिंसाका थुप्रै घटनाहरू भएका छन्।
उसले संयुक्त राज्य अमेरिका र अमेरिकी सेनाबिरूद्ध धेरै आक्रमणका लागि विभिन्न समूहलाई प्रयोग गरेको थियो,” विज्ञप्तिमा भनिएको छ।
ह्वाइट हाउसले भनेको छ, “वाशिङगटन, अमेरिकी नागरिक र यसका सहयोगीहरूको हितको रक्षा गरिरहनेछ।”
“अल–रिमीको मृत्युको परिणामस्वरूप अमेरिका, हाम्रो हित, र हाम्रा सहयोगीहरू सुरक्षित बनेका छन्। हामी अमेरिकी जनतालाई बचाउने अभियान जारी राख्नेछौं ।”