घुस लिएको अभियोगमा गाउँपालिकाका हाकिमसहित तीन जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ४२


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर ७ का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मरासिनी र वडाध्यक्ष यादवलाई ५० हजार रुपैयाँ बिगो कायम, त्यति नै जरिवाना र कैद सजायको माग गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यसअघि उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा मरासिनी, वडाध्यक्ष यादव र बिचौलिया भरलाई बुटवलस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्