सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १२ : २०


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलाको १३ सय ५० रुपैयाँ कायम रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्