अख्तियारलाई ‘गुलाफको फूल’ दिन गएका साझा पार्टीका नेता पक्राउ

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : ०२


काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई उन्मुक्ति दिएको विरोधमा गरिएको प्रदर्शनमा साझा पार्टीले एक दर्जन बढि नेता पक्राउ परेका छन्।

अख्तियारको मूल गेटमा सिठी जुलुससहित विरोध प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बागमती प्रदेश संयोजक समीक्षा बाँस्कोटा लगायतका एक दर्जन बढि नेता कार्यकर्ता छन्।

साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले अख्तियारले शुरु गरेको राम्रो कामको स्वागत गर्दै अख्तियार प्रमुखलाई 'गुलाफको फूल दिन तर सत्तारूढ दलका नेतालाई जोगाउने गरी लागू गरिएको 'एक देश, दुई कानुन'को विरोध गर्न अख्तियार अगाडि पुगेका नेतालाई पक्राउ गरिएको जनाएका छन्।

साझा पार्टीले गिरफ्तार कार्यकर्ताको रिहाईको माग गरेको छ । 

  


प्रतिक्रिया दिनुहोस्