अमेरिकी संसद्मा मोदीको सम्बोधन – भारत लोकतन्त्रको जननी हो, अन्य देशले पनि सिक्नुपर्छ

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ३६


एजेन्सी । अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत लोकतन्त्रको जननी भएको टिप्पणी गरेका छन् ।

अमेरिकी संसद्लाई विशेष सम्बोधन गदै उनले इन्डिया इज् द मदर अफ डेमोक्र्यासी’ अर्थात् भारत लोकतन्त्रको जननी हो भनेका हुन् ।

राजकीय भनिएको यो उनको पहिलो भ्रमणमा ह्वाइट हाउसले विशेष स्वागतसहित सम्मान गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र मोदीबीच एकअर्काको प्रशंसा निरन्तर चलेको थियो ।

यसै क्रममा मोदीले अमेरिकी संसद्लाई समेत विशेष सम्बोधन गरे र भने, ‘इन्डिया इज् द मदर अफ डेमोक्र्यासी।’ अर्थात् भारत लोकतन्त्रको जननी हो।’

उनले भारतको लोकतन्त्रका बारेमा विश्व समुदायले सिक्न सक्नेसमेत भन्न भ्याए। भने, ‘लोकतन्त्र भनेको मात्रै कागजमा भएको स्वतन्त्रता होइन, महिला अधिकार र अन्य थुपै्र कुरा भारतसँग छ। जुन अन्य देशले सिक्नुपर्छ।’ उनले भारतमा करिब २५ हजार राजनीतिक दलहरू रहेको बताए। तर, पनि लोकतन्त्रको सम्मान सबैले गरेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्