काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहीबार छापावाल सुनको मूल्य ७५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार सुन प्रति तोलमा ३ सय रुपैयाँले बढेर प्रति तोल ७५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर ८८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदी प्रति तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।