टाइटनिकको अवशेष हेर्न गएको पनडुब्बी चार दिनदेखि बेपत्ता

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : १९


एजेन्सी । टाइटनिकको अवशेष हेर्न पाँच यात्री बोकेर एटलान्टिक महासागरमा गएको पनडुब्बी चार दिनदेखि बेपत्ता भएको छ ।

गत आइतबार यात्रा सुरु गरेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो ।

विशेषज्ञले सोमबार पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको अनुमान गरेका छन् ।

टाइटनिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ४३५ माइल गहिराइमा छ ।

यद्यपि, पनडुब्बीको खोजी अमेरिकाको बोस्टनबाट चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्