बागलुङ । बागलुङ जिल्लाकाे तमाखोलामा ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दी मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते चार जनाको स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।