नारायणगढ–मुग्लिनखण्डमा सुक्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ३ : ३६


चितवन । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुक्खा पहिरो खसेपछि आज दिउँसो २ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सवारी साधनहरु र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । तर पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्