सरकारले सन्दुक रुइतले पाएको पुरस्कारमा कर छुट दिने

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ३६


काठमाडौं । सरकारले डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिने भएको छ ।

गृह मन्त्रालयले सोमबार असार ४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयले गत फागुन ११ मा रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय भएको जनाएको छ ।

नेत्र चिकित्सक रुइतले गत फागुन प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्