काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला चेतावनी दिने एक चिनियाँ चिकित्सकको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।
बिरामीबाट भाइरस संक्रमित बनेका ३४ बर्षीय डा.लि वेनलियाङकोे शुक्रबार वुहानमा मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
चिनियाँ सरकारी अखबार गोल्बल टाइम्सले स्रोतलाई उदृत गर्दै डा.लीको मृत्यु बारे पुष्टि गरेको छ।
Chinese doctor #LiWenliang, one of the eight "whistleblowers" who tried to warn other medics of the coronavirus outbreak but were reprimanded by local police, died from #coronavirus at 2:58 am Friday, the hospital where he received treatment announced. https://t.co/eCrNha7Nn1 pic.twitter.com/WYwDxZFBej
— Global Times (@globaltimesnews) February 6, 2020
को थिए उनी ?
जनवरी महिनाको शुरुवातमा वुहानका अधिकारीहरुले नयाँ कोरोना भाइरस फैलिएको बारे सुरुमा समाचार लुकाउन खोजेका थिए।
यी डाक्टरले नयाँ कोरोना भाइरसबारे जानकारी दिनखोजे पनि प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिएको थियो।
शुरुवातमा ‘हल्लाबाज’ को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा पाए।
चिनियाँ अधिकारीको चेतावनी बाबजुद वुहानको केन्द्रीय अस्पतालको शय्याबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा जानकारी दिएका थिए।
उनको जानकारी पछि यसबारे विश्वभर सचेतना फैलिएको हो।
डाक्टर लिका अनुसार उनले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको चाल पाएका थिए।
उनी ७ वटा रोगीको उपचारमा खटेका थिए। जहाँ उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए।
सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो।
तर जब डाक्टर लिले नयाँ भाइरसबारे चेतावनी दिन थाले। उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो।
डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन चेतावदी दिएका थिए।
ब्युरोले चेतावनीपूर्ण भाषामा लिलाई भनेको थियो,‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस्।’
लिले गरेको हल्लाले समाज त्रसित र भयभित मात्र हुने बताइएको थियो।
लिमाथि अफवाह फैल्याएकोमा प्रहरीले अनुसन्धान समेत गरेको थियो। त्यसपछि जनवरीमा डाक्टर लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरे।
उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखे। जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए।
प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो। उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ।
त्यसपछि लिपनि कोरोनाबाट संक्रमित बने। उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ।
जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताए। त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए। उनको परिवार नै बिरामी पर्यो।
डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो। चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो।
हाल विश्वभर प्रशंसा कमाइरहेका डाक्टर लिको बिहिबार निधन भएको हो। -बीबीसी
यो पनी पढ्नुहोस्
कोरोना भाइरसका बिरामीको चेकजाँचमा १० दिनदेखि खटिरहेका डाक्टरको मृत्यु
युवतीले चमेरोको झोल खाइन्, त्यसैले भाइरस संसारभर फैलियो ?